ताजा समाचार

भिमराज र उषामाया पाठकले गरे नानी संकलन केन्द्रलाई डेढ करोड सहयोग

काठमाडौं । चितवनको भरतपुर १२ का स्थानीय भिमराज पाठक (७४) र उषामाया पाठक (६६) ले आँखा बैंक नानी संकलन केन्द्र सञ्चालनका लागि आर्थिक सहयोग गरेका छन् ।

चितवनको भरतपुर आँखा अस्पतालमा स्थापना गरिएको अक्षयकोष सञ्चालनका लागि उनीहरुले १ करोड ५० लाख रुपैयाँ दान गरेका हुन् ।एक वर्ष अगाडी स्थापना भएको अक्षयकोषमा भिमराज र उषामाया पाठकले अस्पतालको वार्षिकोत्सवका अवशरमा रकम जम्मा गर्नेछन् ।

आखाँको नानी गुमेकाहरुलाई निःशुल्क आँखाको नानी उपलब्ध गराउने गरि अक्षयकोसको स्थापना भएको थियो । उक्त आँखा अस्पतालबाट अहिलेसम्म ५ जनाले आँखाको नानी राखिसेका छन् ।

अस्पतालले आफ्नो मृत्यु पश्चात कसैले आँखा दान गर्न चाहेमा नाम दर्ता गराउन पनि अनुरोध गरेको छ । अहिले सम्म २ सय ४० जनाले आँखा दान गर्नका लागि आफ्नो नाम दर्ता गराइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org