ताजा समाचार

चुनावी माहोलले तातियो बार, चम्किदै चण्डेश्वरको प्यानल !

काठमाडाैं । नेपाल बार एसोसिएसनको चुनावी माहोलले राजनीतिमा नै तरङ्ग ल्याइदिएको छ ।

बारको चुनावी प्रतिष्पर्धामा प्रगतिशिल समूह र लोकतान्त्रिक समूहबीच कडा प्रतिष्पर्धा हुने आकलन गरिपनि प्रगतिशिल समूहले निर्वाचन जितेरै छाड्ने जनाउदै आएका छन् ।

अघिल्लो नेतृत्वले बारको प्रतिष्ठामै आँच आउने काम गरेकाले प्रगतिशिल समूहले चुनाव जित्ने जनाउदै आएको छ । बारमा कुल जम्मा १० हजार ३ सय मतदाता रहेकोमा प्रगतिशिल समूहले भारी मतले विजयी हुने दाबी गरेको छ ।

प्रगतिशिल समूहबाट अध्यक्षका लागि चण्डेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् । भने, उनले आफ्नो टिम बारलाई सुदृढ बनाउने र बारको गरिमालाई बचाउने ध्याउन्नमा लागेकाले विज्ञ मतदाताले भोट आफ्नो टिमलाई नै गर्ने जनाउदै आएका छन् ।

न्युज-नेपालसँगको कुराकानीमा अध्यक्षका उम्मेदवार श्रेष्ठले भने, हामीले निर्वाचन जित्ने केहि आधारहरु अधि सारेका छाैं । पहिलो कुरा बारको गरिमा जोगाउने नै हो । अघिल्लो नेतृत्वले बारलाई बेइज्जत गराउने काम गरेको छ । हामी बारलाई राजनीतिक पूर्वाग्रहका कारण बन्धक हुन दिन्नाैं । न्यायको सिद्धान्तलाई सर्वोपरि ठानेर काम गर्छाैं । मेरो नेतृत्वको टिममा भिजन र स्पष्ठ विचार भएका विद्वान साथिहरु हुनुहुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org