ताजा समाचार

रुकुम पूर्वको पोखरामा बर्थिङ सेन्टर आजदेखि संचालनमा

रुकुम पूर्व । कान्छो जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिकाको वडा नम्बर ३ मा बर्थिङ सेन्टर संचालनमा ल्याइएको छ ।

सिस्ने गाउँपालिकाको पोखरामा बर्थिङ सेन्टरको आैपचारीक उद्घाटन भएसँगै सेन्टरले आजदेखि सेवा प्रवाह गर्ने भएको हो । यसका साथै, वडापालिकाको भवन समेत उद्घाटन गरिएको छ ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कुमारी बराल, वडापालिका अध्यक्ष पशुपति खड्का, स्वास्थ्य चाैकी प्रमुख सिनियर अहेव ज्ञानी वलि लगायत सर्वसाधारको उपस्थिति रहेको स्थानिय शिक्षक शुनिल खड्काले जनाएका छन् ।

बर्थिङ सेन्टर संचालनमा आएपछि त्यस क्षेत्रका सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउनु नरपर्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष बरालले जनाइन् । उनले भनिन, उद्घाटन गरेर मात्रै हुँदैन यसलाई निरन्तरता दिन सक्नु पर्छ । गाउँपालिका सधै जनताको पक्षमा काम गर्न तयार छ । अब रुकुमकोट-पोखरा लगायत अन्य स्थानमा सेवा प्रवाह गर्ने गरि एम्बुलेन्स सेवा समेत संचालनमा ल्याइने छ ।

ऐभान केसीले स्वागत मन्तव्य राखेपछि सुरु भएको कार्यक्रममा उपस्थित सर्वसाधारणले खुशी व्यक्त गर्दै लाभ लिन सकिने धारणा व्यक्त गरेको स्थानिय युवा भरत खड्काले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org