ताजा समाचार

नेकपा पोलिटब्युरोः गुटमा प्रचण्ड सवैभन्दा वलिया, नेपाल-खनालबीच गज्जबको दोस्ती !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पोलिटब्युरो सदस्य कसलाई बनाउने भन्ने विषयले प्रवेश पाएपछि को कति शक्तिशाली भन्ने कुरा उत्तिकै पेचिलो बन्दै गएको छ ।

नेकपामा विभिन्न गुट चलाएर बसेका नेताहरुको भागमा कति नेताहरु परे भन्ने विषयले यतिबेला व्यापक चर्चा पाउदै आएको छ ।

नेकपामा सक्रिय गुटको रुपमा रहेका विभिन्न गुटको नेतृत्वकर्ताको सूची समेत लामो नै रहेको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता बामदेव गाैतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् ।

पूर्वएमालेमा गुटको नेतृत्व गर्ने नेताहरुमध्ये पूर्वप्रधानमन्त्री झलनाथ खनाल बरिष्ठ नेता नेपाल गुटमा समावेश हुन पुगेका छन भने, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ओली खेमामा छन् ।

यद्यपी यी नेताहरुको गुटमा सबैभन्दा बलिया भने प्रचण्ड नै देखिन्छन् । जसमध्ये पोलिटब्युरो सदस्यमा प्रचण्डको गुटमा ४९ जना, ओली गुटमा ३८ जना, नेपाल गुटमा ३६ जना, बादल गुटमा १० जना, गौतम गुटमा ७ जना, र श्रेष्ठ गुटमा ७ जना पोलिटब्युरोमा पर्ने संभावना देखिन्छ ।

नेकपाको गुटमा सवैभन्दा कमजोर गुट चलाउनेमा नेता गाैतम र श्रेष्ठ रहेका छन् । तर, प्रचण्ड भने बलिया देखिन्छन् । यद्यपी बरिष्ठ नेता नेपालको गुटमा पूर्वप्रधानमन्त्री समेत रहिसकेका नेता झलनाथ खनाल समेत समावेश गरिएका छन् । जसमध्ये नेता खनालले आफूलाई माधव नेपाल भन्दा कनिष्ट बनाइएको भन्दै विरोध गर्ने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org