ताजा समाचार

त्रिविको जागिरमा नातेदार भर्ती, अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडाैं । कान्तिपुरले त्रिविको जागिर नातेदारलाई’ शीर्षक दिएर त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले लिएको परीक्षाबारे मुख्य समाचार लेखेको छ । कान्तिपुरका अनुसार, त्रिवि सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ–संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुर लेख्छ– त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिष्टार चन्द्रमणि पौडेल, अनुगमन शाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदार परीक्षामा सफल भएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको समाचारमा उल्लेख छ । त्रिविका कर्मचारी, संघ–संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कूलपति, उपकूलपति कार्यालयलगायत त्रिविकै विभिन्न निकायमा उजुरी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org