ताजा समाचार

प्रचण्ड भन्छन्ः एमालेका नेताहरुलाई लस्करै प्रधानमन्त्री बनाउने मलाई अस्थिर भन्नुहुन्छ की बडो गज्जबको नेता ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले युवा संघ स्थापनाको दिवसको अवसरमा बोल्दै एमालेका नेताहरुलाई लस्करै प्रधानमन्त्री बनाउने मलाई के भन्नू हुन्छ, भन्दै प्रतिप्रश्न गरेका छन् ।

संविधान बनाउँ तपाई प्रधानमन्त्री बन्नुहुन्छ भने केपी ओली बन्नु भो । शुशिल कोइरालालाई पनि यसरी नै प्रधानमन्त्री बनाएको हुँ । अझ भन्दा एमालेका नेताहरुलाई लस्करै प्रधानमन्त्री बनाएको होइन् । मलाई तपाईहरुले अब अस्थिर मान्छे भन्नु हुन्छ की बडो गज्जबको नेता भन्नु हुन्छ ? तपाईहरु आफै भन्नुस् ।

एकता टुंगिसक्यो भन्दापनि हुन्छ । एकता टुंगिन्छ की टुंगिन्न भन्ने कुरा धेरै हल्ला भयो । मैले गएको वर्ष नै भनेको थिए । हल्ला हुने दिन हुँदैन् । हल्ला नहुने दिन पक्कै हुन्छ । तपाई युवाहरुले अलि नै जिड गर्नु भयो भने युवाहरुको एकता जेठ ३ गते नै हुनसक्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org