ताजा समाचार

भारतको नक्साविरुद्ध प्रदर्शन गर्न पुगेका विप्लवका चार विद्यार्थी पक्राउ

काठमाडाैं । राजधानीको माइतिघरमा भारतले सार्वजनिक गरेको नयाँ नक्साविरुद्ध प्रदर्शन गर्न पुगेका विप्लव नेतृत्व नेकपाका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतिघरमा प्रदर्शन गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरिले पक्राउ गरेपनि उनीहरुको परिचय भने खुलाइएको छैन् ।

माइतिघरमा प्रदर्शन गर्ने क्रममा चार विद्यार्थी नेताहरु पक्राउ परेका हुन् ।

भारतले आफ्नो नयाँ नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा लगायतका ठाँउहरु समेटेपछि पछिल्लो समय नेपालमा विरोध भइरहेको छ ।

विभिन्न दलका विद्यार्थी संगठन तथा नेताहरुले प्रदर्शन तथा विरोध गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org