ताजा समाचार

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच `वान टू वान´ भेटवार्ता, यस्तो भयो कुराकानी ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच `वान टू वान´ भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज एक्ल्लार्क्लै भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड समक्ष आफुले आफ्नो सचिवालय परिवर्तन गरेर आपसी सहमती ए एकताभाव झल्किने गरेर नयाँ नियुक्ती गर्ने जनाएको स्रोतले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री र प्रचण्डबीच समसामयिक राजनीतिक विषयदेखी विभिन्न कुराकानी भएको र मन्त्रीमण्डलबारे समेत छलफल भएको जनाइएको छ ।

उक्त भेटवार्तामा आउने मंगलबार सचिवालय बैठक बोलाउने निर्णय भएको समेत भएको हो । सचिवालयले एकताका बाकी प्रक्रियालाई टुंगोमा लैजाने गरि गृहकार्य गर्ने समेत सहमती भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org