ताजा समाचार

दाङ ३ मा विमला ओली भारी मतान्तरले विजयी

घोराही । दाङ क्षेत्रनम्बर ३ (ख) बाट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला (खत्री) ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मतान्तरले पराजित गर्दै ओली निवाचित भएकी हुन ।

ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् । कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् ।

२०७४ सालको चुनावमा पनि सो क्षेत्रबाट तत्कालीन एमालेका उत्तरकुमार ओली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । भने उनको सडक दुर्घटनामा निधन भएको थियो । अहिले उपनिर्वाचनमा निर्वाचित विमला उत्तर कुमारकी जीवनसंगीनी हुन् ।

उपनिर्वाचनमासाझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भुपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटीलाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० मत पाएका छन् ।

यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्रीले २६, नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले ११, बीपी कांग्रेस पार्टीका दीपक कुमार धितालले २ तथा स्वतन्त्र उम्मेदवारद्वय टीकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका छन् ।

दाङ क्षेत्रनम्बर ३ -ख) मा कूल ६८ हजार ७ सय १९ मतदाता भएकामा ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org