ताजा समाचार

आन्तरिक तयारी नपुगेको भन्दै नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडाैँ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक बस्ने मिति तय गरेपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले त्यसलाई पर धकेलेको छ।

पार्टीभित्र आन्तरिक तयारी नपुगेको जनाउँदै नेकपाले पुस २३ गते डाकिएको बैठक माघ १५ गते मात्रै बस्ने निर्णय गरेको छ।
आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ १५ देखि गर्ने निर्णय गरेको हो ।

आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपरेको नेकपाले जनाएको छ । यसअघि नेकपा स्थायी कमिटी बैठकले नेकपाले पुस २३ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org