ताजा समाचार

आजको माैसमः वर्षा र भारी हिमपातको संभावना

काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाले आज मध्य र पश्चिमी भूभागका केहि स्थानमा वर्षा हुने संभावना रहेको जनाएको छ ।

बिहिबार जारी मौसम पूर्वानुमानमा महाशाखाले पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका पश्चिमी, मध्य भूभाग र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको जारी सूचनामा उल्लेख छ ।

यसैगरी, आज दिनभरी मध्य, पश्चिमी भूभाग, पूर्वी पहाडी भूभाग र बाँकी भूभागमा समेत आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । यसैगरी, पश्चिमी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान गएिको छ ।

त्यस्तै, आज राति पनि देशका मध्य, पूर्वी स्थानमा पूर्ण बदली हुने र पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली हुनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र मध्य तथा पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org