ताजा समाचार

गोरखामा जीप दुर्घटनाः वडा सचिवको मृत्यु, ७ घाइते

गोरखा । जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएाक छन् ।

आरुघाटबाट काशीगाउवतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नम्बर-१, स्थित धोरतको जंगलमा दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको हो ।

बुधबार राति ग १ ज ५५०५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा उपप्रमुख फुलमाया गुरुङ , चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंह गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार घाइतेहरुलाई धोर्चेतको जंगलबाट उद्दार गरी करिब ३० मिनेटको दुरीमा रहेको मान्बु स्वास्थ्य इकार्इमा राखिएको र उनीहरुको उद्दारको लागि हेलिकोप्टरको व्यवस्था गरिँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org