ताजा समाचार

प्रधानमन्त्री ओली र प्रचण्डको भेटघाट सकियो, सचिवालय बैठक अनिश्चित

काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटघाट सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने भनिएको थियो।

दुई अध्यक्षबीच यस विषयमा के कुराकानी भयो भन्ने खुलेको छैन।

यसैबीच आज हुने भनिएको सचिवालयको बैठक अनिश्चित बनेको छ। आज बैठकको कुनै योजना नै नरहेको प्रधानमन्त्री निकट श्रोतले सेतोपाटीलाई बतायो।

यसअघि हिजो प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुको बैठकमा ओली निकट नेताहरुले आज सचिवालय बैठक बस्ने जानकारी गराएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org