ताजा समाचार

नेकपा विवाद उत्कर्षमा, कार्यालयमै असन्तुष्ट पक्षको बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

सचिवालयले बैठक स्थगित गरेपछि असन्तुष्ट २० स्थायी कमिटी सदस्यले पार्टी कार्यालयमै बैठक राखेका छन् ।  अहिले बैठक जारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी गराए । यसअघि उनीहरूले ललितपुरको एक रेस्टुरेन्टमा बैठक बसेर तयारी गरेका थिए ।

सचिवालय बसिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली उठेर हिँडेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो । सचिवालयले बिनाकारण स्थायी कमिटी स्थगित गरेको भन्दै असन्तुष्ट समूहले कार्यालयमै बैठक आयोजना गरेको हो । उनीहरूले गत वैशाख १० गते हस्ताक्षर गरेर बैठकको माग गरेका थिए । हस्ताक्षर गर्नेमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org