ताजा समाचार

प्रधानमन्त्री ओली बामदेवलाई भेट्न भैँसेपाटी पुगे

काठमाडौँ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् ।

मंगलबार साँझ ७ बजे महासचिव विष्णु पौडेलसहित प्रधानमन्त्री ओली गौतम निवास पुगेको गौतमका सहयोगीले बताए ।

गौतमले मंगलबारमात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

पार्टी एकता बचाउन आफूले प्रस्ताव ल्याएको गौतमको दावी छ । गौतमले ६ बुँदे प्रस्ताव ल्याए पनि मंगलबार अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी बैठकमा सहभागि भएर ओलीको आलोचना गरेका थिए । त्यसलगत्तै गौतमलाई फकाउन प्रधानमन्त्री उनको निवास पुगेको स्रोतले बतायो । ओलीको साथमा पत्नी राधिका शाक्य पनि गौतम निवास पुगेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org