ताजा समाचार

विश्वास पात्र हरिबोलले छोडे प्रचण्डको साथ, भन्छनःसुझाव मान्नै छाड्नुभयो 

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का विश्वास पात्र, स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी भित्रका विभिन्न अन्तरसंघर्षमा र जटिल परिस्थितीमा  प्रचण्डलाई सहयोग गर्दै आएका स्थायी कमिटी सदस्य गजुरेलले भने पछिल्लो समयमा प्रचण्डसँगको असन्तुष्टि सार्वजनिक रुपमा नै व्यक्त गरेका हुन् ।

‘सरकार र पार्टी एकताका लागि प्रचण्डजीलाई मैले महत्वपुर्ण सुझाव दिएको थियो । तर उहाँले प्रयोग गर्नु भएन्,’ गजुरलले भने, ‘अन्तिम अवस्थामा प्रयोग गर्छु भन्ने उहाँले प्रतिवद्धता पनि जनाउनु भएको थियो, तर व्यवहारमा कार्यान्वयन भने गर्नु भएन ।’

पार्टीको एकता कायम गर्दै नेकपाको भविष्य सुरक्षित गर्ने आफूले अचुक उपाय दिएको तर प्रचण्डले कार्यान्वयनमा नल्याएको गजुरेलको गुनासो छ ।

सबैभन्दा नजिकका गजुरेलले पनि असन्तुष्टी पोख्दै हिडेपछि उनीसँग तत्कालीन माओवादीका नेताहरु क्रमशः टाढा हुनेको संख्या ५ पुगेको छ ।

यसअघि नै सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री तथा स्थायी समिति सदस्य लेखराज भट्ट र स्थायी सदस्यद्धय टोपबहादुर रायमाझी र मणि थापा प्रचण्डसँग टाढिइसकेका छन् । उनीहरु अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको खेमामा उभिन पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org