ताजा समाचार

आजको मन्त्रिपरिषद्ले कुलमानको पुनर्नियुक्ति गर्न सक्छः उर्जा मन्त्री पुन

- न्युज-नेपालकुलमानको पुनर्नियुक्तिको विषय प्रधानमन्त्रीको निर्णयमा भर

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बस्ने मन्त्रिपरिषद बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनसक्ने बताएका छन्।

कुलमानको पुनर्नियुक्ति हुने वा नहुने अन्योलका बीच आज बस्ने मन्त्रिपरिषद बैठकबाट नियुक्त हुन सक्ने उनले बताए।

‘मैले उहाँको (कुलमान) को पुनर्नियुक्तिको प्रस्ताव आईतबारै लगेको हुँ,’ मन्त्री पुनले भने, ‘सोमबारको नियमित मन्त्रिपरिषद बैठकले नियुक्त गरेन। सम्भवतःआज बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न सक्छ।’

प्रधानमन्त्रीले विद्युत प्राधिकरण कार्यकारी निर्देशकको पुनर्नियुक्तिका विषयमा कानुनी प्रक्रिया के रहेछ भन्ने बुझ्छु भनेकाले ढिलाइ भएको मन्त्री पुनले स्पष्ट पारे।

अब कुलमानको नियुक्तिको विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने भएको छ। चार वर्षे कार्यकाल पूरा गरेर घिसिङले भदौ २९ गते अवकाश लिईसकेका छन्।

सरकारले घिसिङको पुनर्नियुक्तिमा ढिलाइ गर्न थालेपछि सडकबाटै विरोध हुन थालेको छ। प्राधिकरणमा उनको नेतृत्व रहेका बेला लोडसेडिङ अन्त्य भएकाले उनैलाई पुनःनियुक्त गर्न जनदवाब बढ्दै गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org