ताजा समाचार

वामदेव गौतमको सिफारिस राष्ट्रपति कार्यालयमा, आजै मनोनित गरिँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयनका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको सिफारिस राष्ट्रपतिको कार्यालयमा दर्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको सिफारिस बुधबार दर्ता भइसकेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभामा मनोनयन गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्यालयले बुधबार नै सिफारिसका लागि पत्र पठाइसकेकाले राष्टपति भण्डारीले आज मनोनयन गर्न लागेकी हुन्। राष्ट्रपतिले मनोनीत गरेपछि गौतमलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शपथ गराउनेछन्।  उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा मनोनीत गर्ने सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो।

नेकपाको भदौ १८ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। उक्त पद फागुनमा नै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएपछि रिक्त थियो। प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए। यसअघि पनि नेकपाले फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरिसकेको थियो।

बर्दियामा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन हारेपछि उपाध्यक्ष गौतम राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट संसद भवन प्रवेश गर्न लागेका हुन्। उनले राष्ट्रियसभा हुँदै सिंहदरबार प्रवेशको चाहना राखेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org