ताजा समाचार

सपथ लिएपछि वामदेवले भने: राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्दिनँ

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

सपथ ग्रहणपछि गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने र जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका  हुन  । ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन,’ गौतमले भने ।

नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने पनि बताएका छन् । सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

राष्ट्रपतिले मोनिनत गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । यो कोटामा गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org