ताजा समाचार

ईश्वर आफैं अलमलमा, बढुवा भइयो कि घटुवा !

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद हेरफेरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षामन्त्री पद खोसिएको प्रष्टै छ ।

कार्यविभाजनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ लेखिएको छ । रक्षामन्त्रालय खोसेर दिइएको प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्मान हो कि मानमर्दन ? यसको भेऊ स्वयं पोखरेलले नै पाएका रहेनछन् भन्ने प्रमाण बुधबार आधारातमा उनले गरेको ट्विटबाट स्पष्ट हुन्छ ।

बुधबार राति ११ बजेर  ८ मिनेट जाँदा उपप्रधानमन्त्री पोखरेलले एउटा ट्विट गरे, जसमा भनिएको छ, ‘विकसित परिस्थिति र घटना–प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्ति र टिप्पणी हेर्दै … बुझ्ने कोशिस गर्दै…।’

उपप्रधानमन्त्री पोखरेलको ट्विटमा शर्मिला ठकुरीको प्रश्न छ, ‘म रोउँ कि हासौं ? प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेलले निर्वाह गर्दै आएको रक्षा मन्त्रालयको भूमिका खोसेर जगेडामा थन्क्याएका छन् । तर, सबका सब मन्त्रिपरिषदको सम्पूर्ण कामको रेखदेख गर्ने जिम्मा पाएको भनेर धमाधम बधाई दिइरहेका छन् । मेरो बुझाइमा कमजोरी हो कि अरुको ?’

प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेको र, उपप्रधानमन्त्री पोखरेललाई चाहिँ ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ जिम्मा पाएको चर्चाबारे रोचक व्यंग्य गर्दै निरञ्जन खनालले ईश्वर पोखरेलको ट्विटमा रिप्लाई दिएका छन्, ‘उपप्रधानमन्त्रीले प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालय हेर्ने, प्रधानमन्त्रीले चाँहि रक्षा मन्त्रालय हेर्ने । आश्चर्य ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org