ताजा समाचार

‘विप्लव समूहलाई निस्तेज पार्न फिल्ड अपरेसनमा कुनै सम्झौता हुँदैन’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द (विप्लव) समूहप्रति कडा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् ।

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।

उनले विप्लव समूहको नाम नलिए पनि सोही समूहप्रति लक्षित गर्दै भने, “संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक-अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोसिस गरिरहेका छन् ।”

त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झनौता नगर्ने गृहमन्त्रीको विश्वास छ ।

गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नसमेत प्रहरीलाई निर्देशन दिए । नेपालमा राजनीतिक नारा बोकेर विप्लव समूह भूमिगत छ । सरकारले सो समूहमाथि प्रतिबन्ध लगाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org