प्रचण्डले धुम्बाराहीमा नेम्वाङलाई सोधे- प्रधानमन्त्रीको धारणा के छ?
काठमाडाै । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा अहिले विवाद उत्कर्षमा छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएका आरोपको लिखित जवाफ दिन १० दिनको समय मागेपछि नेकपाको औपचारिक बैठक बसेको छैन, तर दुबै पक्षले अनौपचारिक रूपमा भेटघाट र छलफल भने गरिरहेका छन्। यस्ता अनौपचारिक भेटघाट र छलफल यसअघि अध्यक्ष प्रचण्डले आफ्नो खुमलटारस्थित निवासमा गर्ने गरेका थिए। प्रचण्डलाई भेट्न ओली पक्षीय नेताहरू खुमलटारमै पुग्थे।
शुक्रबार भने प्रचण्डले प्रधानमन्त्री ओली पक्षका दुई नेता अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पार्टी कार्यालय धुम्बाराहीमा भेटेका छन्।
उनीहरू दुई जनासँग प्रचण्डले धुम्बाराहीमा छुट्टाछुट्टै कुराकानी गरेका हुन्। सुरूमा प्रचण्डले महासचिव पौडेलसँग कुरा गरेका थिए।
स्रोतका अनुसार भेटमा महासचिव पौडेलले प्रचण्डले उनले कात्तिक २८ गतेको सचिवालयमा राखेको प्रतिवेदन फिर्ता लिन आग्रहका गरेका थिए। उक्त प्रतिवेदन फिर्ता लिएर दुई अध्यक्षले संयुक्त रूपमा प्रतिवेदन लेख्नु पर्ने बताएका थिए।
प्रचण्डले छलफल गरेर जाऔं न भनेका थिए। उनीहरूबीच झन्डै आधा घन्टा कुराकानी भएको थियो।
प्रचण्डसँगको कुराकानीपछि पौडेलले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै परिस्थिति निकै गम्भीर रहेको बताएका थिए।
पौडेलसँग कुरा गरेपछि प्रचण्डले नेता नेम्वाङसँग पनि धुम्बाराहीमा छलफल गरेका थिए।
छलफलका क्रममा पार्टी विवादको निकासबारे कुरा भएको नेम्वाङले जानकारी दिए।
‘मैले स्थायी कमिटीका निर्णय कार्यान्वयन गर्ने बेलामा तपाईंहरूले अभियोग पत्र दर्ता गराउनु भयो, त्यसले पार्टी पंक्ति र जनतामा राम्रो सन्देश गएन भनें,’ प्रचण्डसँगको कुराकानी उद्धृत गर्दै नेम्वाङले भने,‘तपाईंहरूले पार्टी एकता गर्नुभएको हो। यसलाई जोगाउने जिम्मा पनि तपाईंहरूकै हो भनें।’
जवाफमा प्रचण्डले आफूले सचिवालयमा दर्ता गरेको प्रस्तावले बाहिर त्यति नराम्रो सन्देश पनि नगएको बताएका थिए।
उनले प्रधानमन्त्री ओलीको पछिल्लो धारणा के छ भनेर पनि नेम्वाङलाई सोधेका थिए।
‘मैले प्रधानमन्त्री चिन्तित हुनुहुन्छ। तर पार्टी एकता जोगाउन उत्तिकै दृढ हुनुहुन्छ भनें,’ नेम्वाङले भने,‘उहाँले प्रतिवेदन बनाउने भन्नुभएको छ, त्यो बनाउनु हुन्छ।’
प्रचण्डले आफू पनि पार्टी एकताको डोरी चुँडिन नदिने गरी लाग्ने बताएको नेम्वाङले जानकारी दिए।
‘म पनि पार्टी एकताको डोरी चुँडिन दिन्नँ। तपाईंहरू पनि लाग्नुस् भन्नुभयो,’ नेम्वाङले भने।
आजै उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल पनि पार्टी कार्यालय धुम्बाराहीमा गएका थिए। तर उनी र प्रचण्डबीच भेटघाट भएको पुष्टि भएको छैन।
पौडेल र नेम्वाङसँग भेटेपछि प्रचण्ड अहिले धुम्बाराहीबाट फर्किसकेका छन्।
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...