ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक छ ।

बैठक मंगलबार बिहान साढे १० बजे बालुवाटारमा बस्नेगरी बोलाइएपनि ११ बजेबाट मात्रै सुरु हुने बालुवाटार स्रोतले जनाएको छ ।

मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो ।

संवैधानिक परिषद बैठक लगत्तै मन्त्रिपरिषद बोलाएर संवैधानिक आयोगहरुमा नियुक्तिअघि बढाउने उद्देश्यले बैठक बोलाएपनि मंगलबार बिहानको संवैधानिक परिषद बैठकमा गणपुरक संख्या नपुगेपछि बेलुका ५ बजेलाई अर्को बैठक बोलाइएको छ ।

मंगलबार विहानको बैठकमा परिषद सदस्य रहेका सभामुख अग्नि सापकोटा उपस्थित भएका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org