ताजा समाचार

वामदेव गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ ।

नेकपाभित्र विवाद हुँदा सक्रिय हुने चिनियाँ राजदूत यान्छीसँगको गौतमको भेटलाई महत्वका साथ हेरिएको छ । नेता गौतम र राजदूत यान्छीबीच बिहीबार दिउँसो काठमाडौंको नक्सालमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेको छ ।

नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतम भने दुवै समूहमा खुलेर लागेका छैनन् । उनले अझै पनि पार्टी एकतामा जोड दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org