ताजा समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा सिटी जुलुस

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरोधमा आन्दोलनरत नेकपा (दाहाल-नेपाल) पक्षले काठमाडौंमा सिटी जुलुस निकालेको छ ।

केन्द्रीय संघर्ष समितिको तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार मंगलबार दिउँसो सिटी जुलुस आयोजना गरिएको हो । नेकपा (दाहाल-नेपाल) पक्षका नेता, कार्यकर्ता लैनचौरमा भेला भएर जुलुस निकालेका हुन् । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन घोषणापछि नेकपा दुई समूहमा विभाजन भएको छ ।
दाहाल-नेपाल समूहले संसद् पुनर्स्थापनाको मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ । उसले माघ ९ गते काठमाडौंमा बृहत् आमसभा गरेको थियो । यद्यपि संसद् विघटनको विषयमा सर्वोच्च अदालतको परेका रिटहरुको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org