ताजा समाचार

बागमतीमा अष्टलक्ष्मी बनिन् एमाले संसदीय दलकी नेता, मुख्यमन्त्री बन्ने

काठमाडाैँ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन्।

बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्।

‘उहाँ भर्खरै संसदीय दलको नेतामा चुनिनुभयो,’ सांसद रचना खड्काले भनिन्।

एमाले स्रोतले शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने सेतोपाटीलाई बताएको छ।

लामो समयसम्म माधवकुमार नेपाल समूहमा रहेकी शाक्य नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org