ताजा समाचार

दुई युवा स्टारको कप्तानीमा ईपीएको उद्घाटन खेल

चौथो सँस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रियट्र्सबीच हुनेछ। टियू क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।

काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् भने ललितपुर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ।

२३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्ल्याडिएटर्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा पाँच दिन दुई खेल हुनेछ।

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ । यस खेलको विजेताले फाइनल स्थान बनाउनेछ।

प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ। घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org