ताजा समाचार

प्रचण्डले भने– समस्या परे गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिन्छ

धनगढी । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘कहिँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रवत् प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौं ।’

यद्यपि ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए ।

‘गठबन्धनभित्र तालमेलमा अधितम जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौं,’ उनले भने, ‘त्यही मर्म र भावनालाई आत्मसाथ गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौं ।’

‘समस्या परेमा त्यस्तो ठाउँमा गठबधनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौं । तर त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन । प्राथमिताकता तालमेलमा हो,’ उनले भने, ‘तर समस्या कहिँकतै पर्‍यो भने समस्या परेको ठाउँमा मित्रवत्  प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org