ताजा समाचार

सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार

काठमाडौं । सिन्धुपाल्चोक चाैताराा नगरपालिमा उम्मेदवारीको विषयलाई लिएर माओवादी केन्द्रका दुई पक्षबीच झडप भएको छ ।

टिकट पाउने र नपाउने पक्षबीच झडप भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले न्युज नेपाललाई जनाए ।

झडपपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्नु परेको खनालले जनाए प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत प्रहार गरेको जनाइएको छ ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अनलाइनखबरलाई बताए ।

माओवादी केन्द्रका नेता अमानसिंह तामङले आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको भन्दै पार्टीले स्थानीय आवश्यकतालाई ध्यानमा नराखि टिकट वितरण गरिएको आरोप समेत लगाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org