ताजा समाचार

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरूबीच नागरिकतालगायत विचाराधिन विधेयकहरू तथा उपसभामुख चयनका विषयमा छलफल भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org