ताजा समाचार

दुई वर्षपछि गरिँदै नाडा अटो शो

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसवर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ ।

नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले यसअघि दुई वर्षसम्म कोभिड–१९ को सङ्क्रमणका कारण गर्न नसकिएको १५औँ संस्करण ‘नाडा अटो एक्स्पो–२०२२’ आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा आयोजना गर्न लागिएको हो ।

सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस्सहितको अटो शोको १५औँ संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाइने जनाइएको छ । सीमित स्थान भएको र प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणमा अत्यधिक माग देखिएकाले यसवर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने जनाइएको छ ।

प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरूप रजिष्ट्रेशन गर्न मिल्ने नाडाले जनाएको छ । विगतका केही वर्षहरूमा कमर्सियल भेहिकल नराखिएको र धेरै अवलोकनकर्ताको चासो रहेको कारण यसपटक कमर्सियललाई पनि स्टल बुकिङ खुल्ला गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org