ताजा समाचार

बदिर्यामा गोली चलाउने आदेशै छैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् ।

सोही विषयमा प्रतिनिधसभाको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले भने, ‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उहाँको धारणा छ । नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार गृह मन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने; बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन ।’

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले बताए । गृहमन्त्री खाँणले अघि भने, ‘जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’

बर्दियाको मधुवन क्षेत्रमा बाघको आक्रमणबाट निरन्तर मानवीय क्षति भएको तर सरकार वन्यजन्तु पीडितप्रति उदासीन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित सोमबार गुलरिया-राजापुर सडकखण्ड बन्द गरिएको थियो ।

स्थानीयले उक्त सडकखण्डमा चक्काजाम गरेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । झडप भएपछि प्रहरीले गोली चलाउँदा नविना थारूको मृत्यु भएको थियो । सोही घटनाको विषयमा संसद्‌मा गृहमन्त्रीको प्रस्टीकरण माग गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org