ताजा समाचार

तारमा हिड्ने नुवाकोटका माइलालाई लगाइयो एक संस्थाको जिम्मा

काठमाडाैं । ककनीको त्रिशूली ‘थ्रि ए’ को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौं भने पछि जिम्मा लगाइएको हो ।

ककनी गाउँपालिका-७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी हिँडेका थिए ।  उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org