ताजा समाचार

वर्ल्ड लिंकको ठगी, बिना सुचना काटिन्छ इन्टरनेट !

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले ग्राहक ठगी गरेको पाइएको छ ।

उपभोक्ता अधिकारलाई वञ्चित गर्दै वर्ल्ड लिंकले बिना सुचना इन्टरनेट सेवा अवरुद्ध गर्न थालेको हो ।

मंगलबार साँझ साढे सात बजेदेखि इन्टरनेट सेवा अवरुद्ध भएपनि यस कम्पनीले यो समाचार तयार पार्दासम्म कुनै जानकारी नदिएको पाइएको हो ।

`मनमैजु क्षेत्रमा अघिदेखि इन्टरनेट सेवा अवरुद्ध छ । फोन गरेर समस्या सोध्न खोज्दा फोन लाग्दैन् । पहिले पहिले त इन्टरनेट समस्या भएमा म्यासेज आउथ्यो । ग्राहकलाई बिलिङ गर्न ढिला भए फोन आउछ तर समस्यामा फोन नै नलाग्ने बनाउने । यो त ठगी हो´, एक प्रयोगकर्ताले भने ।

दुई घण्टाभित्र इन्टरनेट सेवा अवरुद्ध भएमा क्षतिपूर्ति दिने घोषणा गरेको कम्पनीले सेवा अवरुद्ध भएकै १ घण्टा ३० मिनेटसम्म के कारण इन्टरनेट समस्या आयो भन्ने जानकारी समेत नदिई ठगी गरेको पाइएको हो ।

विभिन्न प्याकेजमा इन्टरनेट बिक्री गर्दै आएको वर्ल्ड लिंक धेरै ग्राहक भएको कम्पनी समेत हो । यसरी इन्टरनेट काटिदा उसले प्रति मिनेट नै ठूलो मात्रामा इन्टरनेट बचत गर्न सक्छ ।

यस अघि इन्टरनेटमा समस्या आएमा म्यासेज र इमेलबाट सुचना दिने गरेको वर्ल्ड लिंकले आज इन्टरनेट काटिएपनि कुनै सुचना समेत नदिएको पाइएको हो । भने, ग्राहक सेवाका लागि उपलब्ध गराइएका फोन नम्बर समेत व्यस्त बनाएर राखेको छ ।

ग्राहक सेवा सम्पर्कका लागि निर्धारित नम्बरहरुमा फोन गर्दा व्यस्त भनेर फोन नै नलाग्ने बनाइएको पाइएको हो । ग्राहक सेवाका लागि छुट्याइएका नम्बरहरुमा सामान्यतया फोन लाग्ने गरेपनि आज भने यी नम्बरहरु व्यस्त बनाएर ग्राहक ठगी गरेको एक प्रयोगकर्ताले गुनासो गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org