पूर्व पोलिटब्युरो सदस्य पुनसहित चार नेताले छाडे विप्लव नेतृत्वको नेकपा
काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओम प्रकाश पुनसहित चार जना नेताले पार्टी परित्याग गरेकाे जानकारी दिएका हुन् ।
अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनिति मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।
‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरि त्यसकै प्रयास स्वरूप हामीले आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अहिलेसम्म सहकार्य गरेको सो पार्टीको आदरणीय नेतृत्व, सहयोद्धा र सहयोगी सम्पूर्ण सहयात्री कमरेडहरुलाई हार्दिक धन्यवादसहित भविस्यमा फेरि पनि राजनीतिका कुनैमा भेट हुने अपेक्षा गर्दै आजदेखि सो पार्टीमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको घोषणा गर्दछौं ।’
टुट, फुट र विभाजनमा हैन एकताबद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा एकाकार हुन पनि उनीहरूले अपिल गरेका छन् । यसरी पार्टी परित्याग गर्नेमा पुनसहित पुनसहित सेती ब्युरो इन्चार्ज शंकरबहादुर खडका, दलबहादुर धामी र नरेश परियार छन् ।
विज्ञप्तिः

Comments
अरु समाचार
-
प्रतितोला रु ४०० ले बढ्यो सुनको मूल्य
काठमाडौं ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । पहेंलो...
-
वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले १० वर्षे ९२०२१–२०३०० एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ...
-
मन्त्रिपरिषद् पुनर्गठन, मेटमणीसहित को को बने मन्त्री ?
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।...
-
वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी
काठमाडौं । नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग...
-
पर्यटनमन्त्री र सचिव आफू अनुकुल ल्याउन निजी एयरलाइन्सले ठूलो चलखेल गर्छनः मन्त्री प्रेम आले
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ठूला निजी एयरलाइन्सले आफू अनुकुल पर्यटनमन्त्री र सचिव ल्याउन ठूलो...
-
मन्त्रालयबाट बिदा हुँदा झर्यो रामकुमारीको आँशु, दिइन राजीनामा
काठमाडाैं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पदबाट राजीनामा दिएको...
-
सरकारले घटायो डिजेलमा २९ र पेट्रोलमा २० रुपैयाँ, आज राति १२ बजेदेखि लागू हुने
काठमाडौं । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री...
-
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २५ देखि ३० रुपैयाँ घटाउदै सरकार
काठमाडौँ । इन्धनमा चर्को मूल्य वृद्धिका कारण महंगी बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । शनिबार बिहान...
-
पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन
काठमाडौं । बजार अनुगमन उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य...