ताजा समाचार

वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त

काठमाडाैं । नेपाल वायुसेवा निमगको महाप्रबन्धकमा निगमकै वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । सरकारले उनलाई महाप्रबन्धकमा अस्थायी रुपमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी उनलाई अस्थायी नियुक्ति गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको थियो ।

१५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रू विभागका निर्देशक थिए ।

७ हजार घण्टा जहाज उडाएको अनुभव भएका उनी समाजशास्त्रका स्नातकोत्तर हुन् । कोभिड माहामारी सुरु भएपछि चीनको बुहानलगायत खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने कार्यको नेतृत्व यिनैले गरेका थिए । यिनैको कार्यकालमा निगमको वाइडबडी जहाज अस्ट्रेलिया पहिलोपटक उडेको थियो ।

मुस्ताङ घर भएका ज्वारचनका बुबा पनि निगममै वाइडबडी विमानका पाइलट हुन् भने उनकी आमा पनि निगमको क्याबिन क्रू विभागकी प्रमुख हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org