ताजा समाचार

बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर संलकन सुरु

काठमाडाैं । बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् ।

केन्द्रको निर्देशननभई आफू मु्यमन्त्री पदबाट राजीनामा नदिने अडानमा रहेको जनाएपछि पाण्डेविरुद्ध हस्ताक्षर संकलन सुरु भएको हो । स्रोतका अनुसार माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री युवराज दुलालले हस्ताक्षर संकलन सुरु गरेका छन् ।

पाण्डेले सहजै सत्ता हस्तान्त्रण नगरे बजेट पास भएसंगै पाण्डेविरुद्ध एक्सनमा उत्रिने कांग्रेस माओवादीको तयारी रहेको छ ।

बागमतीको सरकार गठन गर्दा नै चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति जुटेको थियो । भने त्यहि समझदारी अनुसार पाण्डे मुख्यमन्त्री बनेका थिए । यता, कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया भावी मुख्यमन्त्रीको तयारी जुटेका छन् ।

पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org