ताजा समाचार

नेपालमा मनाइयो दलाई लामाको ८७ औं जन्मजयन्ती, इयुदेखि अमेरिकी कुटनितिज्ञको सहभागीताले तरंग

काठमाडाैं । तिब्बतबाट नेपाल आई बसोबास गर्दै आएका शरणार्थीहरुले बुधबार आफ्ना धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिन मनाएका छन् ।

तिब्बतबाट निर्वासित धर्मगुरु लामा आज ८७ वर्षका भएका छन् । उनी १४ औं दलाई लामा हुन् । जाउलाखेल ट्रुङकर अर्गनाजिङ कमिटीद्वारा आयोजित दलाई लामाको ८७ औं जन्मजयन्तीमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।

जन्मजयन्ती समारोहमा नेपाली गीतमा समेत नृत्य प्रदर्शन गरिएको थियो । नेपालमा चलेका चर्चित गीतहरु ‘डाँडा घरे साइली’ ‘सोइ ढोले सोइ, अर्क ढोले खोई’, कति राम्रो कलम फूल’ लगायत गीतहरु घन्किएका थिए । भने, प्राय तिब्बती भाषाकै गीतहरुमा कला प्रदर्शन गरिएको थियो ।

तिब्बती शरणार्थीहरूले विश्व शान्तिको कामना गर्दै लामाको जन्मजयन्ती मनाए। उनीहरुले लामाको तस्बिरको पूजा गरेका थिए ।

कार्यक्रममा अमेरिकी दूतावास काठमाडौंका राजदूत म्यानुएल पी. माइकलर, युनियनकी राजदूत नोना डेप्रेज र जापानी दूतावासकी योसिनो योमिको र फ्रान्सेलीका कूटनीतिज्ञहरुको उपस्थिति रहेको थियो ।

कोभिड–१९ को महामारीका कारण गुम्बामा मात्रै जन्मदिन मनाउँदै आएका तिब्बती शरणार्थीले यस वर्ष जावलाखेलको खुला मैदानमा झण्डै दुई हजार जनाको उपस्थितिमा भव्य कार्यक्रम आयोजना गरेका हुन् ।

विश्वभर रहेका तिब्बतीहरूले जुलाई ६ मा दलाई लामाको जन्मदिन मनाउँदै आएका छन् ।

यद्यपी नेपालले एक चीन नीतिको वकात गर्दै आएकाले र त्यसमा प्रतिबद्ध रहेको जनाइरहँदा नेपालस्थित विदेशी कुटीतिज्ञ दलाई लामाको जन्मजयन्तीमा जानुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

यस्तै, युरोपेली युनियन, अमेरिका, जापान, फ्रान्स लगायतका देशहरु चीनविरुद्धको गतिविधिमा संक्रिय रहेको र त्यसका लागि नेपाली भूमि प्रयोग गर्दै आएको चिनियाँ पक्षको आरोपलाई समेत यस्ता विषयले थप मलजल गर्ने भन्दै विशुद्ध जन्मजयन्ती मनाएनि शरणार्थीको मनोबलमा मात्रै नभएर वीन विरोधी कार्यक्रममा विदेशी कुटनीतिज्ञको उपस्थितिलाई अनाैठो मान्न सकिने एक परराष्ा्र विद्ले जनाए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org