ताजा समाचार

माओवादी केन्द्रले बनायो ४१ सदस्यीय स्थायी समिति (नामसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने बताए । बाँकीको नाम भने २/३ दिनमा टुंगो लगाएर सर्कुलर पठाउने उनले बताए ।

प्रचण्डले खारेजीमा परेको तत्कालीन नेकपाकालीन १५ जना र अहिले थपिएका २६ जनालाई समेटेर ४१ सदस्यीय स्थायी समिति बनेको बताएका हुन् ।

केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति बन्ने विधानको व्यवस्था अनुसार प्रचण्डले स्थायी समिति तोकेका हुन् ।

पोलिटब्युरोको संख्या बढेसँगै स्थायी समिति पनि केही ठूलो भएको प्रचण्डको स्पष्टोक्ति थियो ।

यी हुन् स्थायी समिति सदस्य

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२.नारायणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. उर्मिला अर्याल
५. पम्फा भुसाल
६. हरिबोल गजुरेल
७. गणेश शाह
८. देव गुरुङ
९. वर्षमान पुन
१०. जनार्दन शर्मा
११. दीनानाथ शर्मा
१२. सुरेश आलेमगर
१३. वामदेव क्षेत्री
१४. पूर्णकुमारी सुवेदी
१५. गिरिराजमणि पोखरेल
१६. चक्रपाणी खनाल
१७. मात्रिका यादव
१८. देवेन्द्र पौडेल
१९. लीलामणि पोखरेल,
२०. शक्ति बस्नेत
२१. जयपुरी घर्ती
२२. शशि श्रेष्ठ
२३. हितमान शाक्य
२४. अमृता थापा
२५. ओनसरी घर्ती
२६. राम कार्की
२७. कालीबहादुर मल्ल
२८. खगराज भट्ट
२९. प्रह्लाद बुढाथोकी
३०. भरतप्रसाद साह
३१. महेन्द्रबहादुर शाही
३२. यशोदा गुरुङ
३३. रेखा शर्मा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org