ताजा समाचार

कांग्रेस हुती नभएको पार्टी होः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस ुती नभएको पार्टी भएको आरोप लगाएका छन् ।

शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने दाबी गरे ।

‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि कांग्रेस त हेरेको हेर्‍यै ।’ ओलीले भने, ‘कांग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो । प्रधानमन्त्रीससँग मन्त्री निकाल्ने हुति छ ?’

यस्तै, ओलीले माओवादीले के कारणले हतियार उठाएको भनेर प्रश्न उठाएपनि अहिलेसम्म जवाफ दिन नसकेको समेत जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org