ताजा समाचार

भोलिदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता हुने

काठमाडौं । निर्वाचन आयोगले बुधबारबाट मतदाता नामावली अनलाइनबाटै गर्न सकिने व्यवस्था लागु गर्ने भएको छ ।

आयोगले अनलाइनबाट मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाउन बबुधबारबाट परिक्षणकालीन रुपमा उपत्यकाका तीन जिल्ाबाट लागु गर्ने भएको छ ।

काठमाडाैं, भक्तपुर र ललितपुरबाट आम सर्वसाधारणले यस्तो सेवा उपयोग गर्न पाउने गरी आयोगले ‘भोटर लिस्ट रजिस्ट्रेसन’ सिस्टम तयार पारेको जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुरु हुनेछ । यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।

थपलियाका अनुसार अनलाइनबाट विवरण भरेपनि बायोमेट्रिक दिन भने आयोगमा जानुपर्नेछ । अनलाइनबाट फारम भरिसकेपछि प्राप्त हुने सङ्केत नम्बर सहितको प्रिन्ट र आवश्यक कागजात लिएर फोटो तथा औँठा छापका लागि सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

हालसम्म ‘बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम’ (बीभीआरएस)मार्फत नामावली दर्ताको कार्य हुँदै आएको छ । उक्त प्रणालीलाई स्तरोन्नति गरी आयोगले अनलाइन प्रणालीमा लगेको हो ।

मतदाता नामावली फारम भर्न मोबाइलबाट समेत सकिने आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org