ताजा समाचार

कार्की इआईयुद्वारा पीडीसी उपाधिबाट सम्मानित

काठमाडौं । सिंगटी हाइड्रोका कार्यकारी निर्देशक तथा मौरिससका लागि नेपाली बाणिज्यदूत गणेश कार्कीलाई युरोपियन इन्टरनेश्नल युनिभर्सिटीद्वारा प्रोफेसनल डक्टरिएल सर्टिफिकेट (पीडीसी) उपाधिबाट सम्मानित गरिएको छ ।

इप्पान उपाध्यक्ष समेत रहेका कार्कीलाई मलेसियाको होटल युरोपियन इन्टरनेश्नल युनिभर्सिटीद्वारा पीडीसी उपाधिबाट सम्मानित गरिएको हो ।

विभिन्न ३० देशका १५० बढी विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा मलेसियाकी राजकुमारी डाटो सेरी डा. रोमाना मुराद, युनिभर्सिटीका तर्फबाट संस्थापक डा. इडवार्ड रोय क्रिशनन, डाइरेक्टर जेनरल डा. रोबोर्ट ब्राण्ड लगाएत उपस्थित भएको जनाइएको छ । पीडीसीलाई मानार्थ पीएचडी समेत भनिन्छ ।

यस्तै, डा. पारामेओरम, डा. अजय देसाईसहित मिस एसिया रश्मी ठाकुर समेत सहभागी थिए । भने, कार्यक्रममा १० जना पीएचडी र एमबीएमा ४५ जनालाई दिक्षित गरिएको थियो ।

के हो पीडीसी उपाधी ?

युरोपियन इन्टरनेश्नल युनिभर्सिटीद्वारा प्रोफेसनल डक्टरिएल सर्टिफिकेट (पीडीसी) कार्यक्रम सञ्चालन गर्दै भनिएको छ- एकेडेमिक डिग्रीबाट टाढा रहेर कुनै क्षेत्रमा अब्बल क्षमता भएका कुनै व्यक्तिलाई विशिष्टता प्रदान गर्न यस उपाधिले काम गर्ने विश्वास लिइएको छ । यसरी कुनै व्यक्तिको कुनै क्षेत्रमा विशेषज्ञता भएमा पीडीसी उपाधिबाट सम्मान गर्न सकिने उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org