ताजा समाचार

बाबुराम भट्टराईको पार्टीका उपाध्यक्ष चाैधरीलाई एमाले प्रवेश

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. बाबुराम भट्टराईको पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुर चाैधरीलाई पार्टीमा भित्र्याएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा ओलीले एक कार्यक्रमकाबीच भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष चाैधरीलाई एमालेमा स्वागत गरेका हुन् ।

जनता समाजवादी पार्टीबाट अलग्गीएर बनेको नेपाल समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष बनेका चाैधरी घुम्दैफिर्दै आफ्नो पुरानो घर फर्किएका हुन् । उनी यसअघि २०५६ सालमा एमालेबाटै कपिलवस्तु २ देखि प्रतिनिधिसभामा विजयी भएका थिए ।

तर उनी २०६३ पछिको मधेस आन्दोलनका क्रममा महन्थ ठाकुर नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टीमा लागेका थिए । त्यसपछ उनी फेरि भट्टराईसंग जोडिएका थिए । उनलाई एमालेमा स्वागत ओली र महासचिव शंरक पोखरेलले गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org