ताजा समाचार

ओली देउवा भेटले किन झस्किए सत्तारुढ गठबन्धन दलहरु ?

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटघाटपछि सत्ता गठबन्धनमा हलचल आएको छ ।

शान्ति प्रक्रिया, नागरिकता विधेयक, निष्पक्ष निर्वाचन र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बनेको गठबन्धनबारे छलफल भएपछि गठबन्धनमा रहेका केहि दलहरु झस्किएका छन् ।

सिट बाँडफाँटमा सकस परिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ । ओलीले देउवालाई एमालेविरुद्ध घेराबन्दी भएोक विषयमा चासो राखेको र देउवाले गठबन्धन दलहरुबीच विचार नमिलेपनि परिस्थितिले सिर्जना गरेको जवाफ दिएपछि देउवालाई थप सोच्न ओलीले आग्रह गरेको स्रोतको दाबी छ ।

‘एमाले गठबन्धन तोड्ने सर्तमा कांग्रेससंग केहि स्थानमा गठबन्धन गर्न तयार रहेको सन्देश दिन पनि ओली बालुवाटार पुगेका हुन् । गठबन्धन नभए अन्य दलहरुको आकार ह्वात्तै खुम्चिने डरका कारण कांग्रेससंग कम सिटमा पनि गठबन्धन गर्न दलहरु तयार रहने देखिन्छ । यस्तोमा एमालेले निर्णयक भूमिका खेल्न कुनै असहज अवस्था छैन’, एक शीर्ष नेताले भने ।

बुधबार बिहान एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए । उनी झन्डै ६ महिनापछि बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा देउवालाई ओलीले चार कुरा राखेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org