ताजा समाचार

काभा महिला भलिबल: सेमिफाइनलमा आज काजकिस्तासँग भिड्दै नेपाल

काठमाडौं। एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज (शुक्रबार) काजकिस्तानको सामना गर्दैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)को कभर्ड हलमा खेल शुक्रबार साँझ ५ बजे सुरु हुने नेपाल भलिबल संघले जनाएको छ।

हालसम्म खेलेका ३ मध्ये नेपाल २ खेलमा विजयी भएको छ भने एउटा खेलमा पराजित भएको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम ४ मा पुगेको थियो।

शुक्रबार खेलमा विजयी भए नेपाल फाइनल प्रवेश गर्नेछ। काजकिस्तान समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो।

यस्तै, शुक्रबार नै समूह ‘ए’को विजेता भारत र समूह ‘बी’को उपविजेता उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। भारत र उज्वेकिस्तानको खेल दिउँसो साढे २ बजेपछि सुरु हुनेछ।

राखेपको सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन्। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org