ताजा समाचार

इङ्ग्लिस प्रिमियर लिगः चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लुटन टाउनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित भयो ।

चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले एक गोल गरे । खेलको १७औँ मिनेटमा स्टर्लिङले चेल्सीलाई अग्रता दिलाएका थिए ।

६८औँ मिनेटमा उनकै गोलमा चेल्सीले अग्रता दोब्बर बनायो । खेलको ७५औँ मिनेटमा ज्याक्सनले गोल थपे । यो सिजनमा चेल्सीको पहिलो जित हो । उसले तीन खेलमा ४ अङ्क जोडेको छ । चेल्सी अङ्कतालिकाको आठौँ स्थानमा छ । नवप्रवेशी क्लब लुटन टाउन अङ्कविहीन हुँदै पुछारमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org