ताजा समाचार

मंगलबार सुनको कारोबार मूल्यमा सामान्य वृद्धी

काठमाडौं । साताको तेस्रो दिन सुनको मुल्यमा सामान्य वृद्धी भएको छ । आज सुनको मूल्य तोलामा सय रुपैयाले वृद्धी भएको नेपाल सुन चाँदी व्यावसायी संघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार सात सय निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्यमा भने प्रतीतोला पाँचले बढेर तोलको एक हजार चार सय ६५ रुपैयमा कारोबार भएको छ । यो हिजोको तुलनामा कारोबार मूल्यका प्रतितोला पाँचले बढेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org