ताजा समाचार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने भएका छन् ।

गुटेरस २६ असोज(अक्टोबर ११)मा नेपाल आउन लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सोही भेटमा गुटेरेसले नेपाल भ्रमणमा आउने जनाउ दिएका थिए ।

गजुरेलका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org