ताजा समाचार

एन्फाको सीईओमा इन्द्रमान तुलाधर नियुक्त

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सीईओमा इन्द्रमान तुलाधर नियुक्त भएका छन्।

सोमबार बसेको संघको छैटौं कार्यसमिति बैठकले तुलाधरलाई सीईओ नियुक्त गरेको हो।

त्यस्तै, सहायक कोषाध्यक्षमा प्रविण कुमार यादवलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले संघका कर्मचारी वसन्त रिजाललाई अनुशासनको कारबाही गर्दै बर्खास्त गरेको छ।

संघका प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा ब्लड क्यान्सरबाट पीडितत एन्फा प्रशिक्षक प्रकाश अर्याललाई तीन लाख रकम प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, संघको आगामी विशेष साधारण ससभा माघ ८ गते गर्ने निर्णय पनि बैठकले गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org