ताजा समाचार

टेरामक्स प्रणलीको कार्यान्वयन तत्काल रोक्न लेखा समितिको निर्देशन

काठमाडौं । टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन प्रक्रिया रोक्न लेखा समितिले निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले टेरामक्स प्रणलीको बारेमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिदैँ नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स खरिद प्रक्रियासँगै कार्यान्वयन र जडान प्रक्रिया समेत रोक्न भनेको छ ।

साथै समितिले यसमा आजसम्म भएका प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन पनि भनिएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले बैठकको निर्णय सुनाउँदै विवादित विषयमा सुक्ष्म अनुसन्धान नगरेसम्म टेरामक्ससम्बन्धी सम्पूर्ण प्रक्रिया यथास्थितीमा राख्न निर्देशन दिएका हुन् ।

सभापति पोखरेलले टेरामक्ससम्बन्धी विवादित रुपमा रहेको र नसुल्झिएका १४ विषय सुक्ष्मरुपमा विश्लेषण तथा अनुसन्धान नभएसम्म रोक्न निर्देशन दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org